+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मिस नेपाल नर्थ अमेरिकाको फिनाले साउन ६ मा न्युयोर्कमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १६:१७

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले आगामी साउन ६ गते (जुलाई २२) मा न्युयोर्कमा आयोजना हुने भएको छ । ‘अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलालाई सशक्तीकरण’ भन्ने मूल नारा दिइएको यो प्रतिस्पर्धाको आयोजना ड्रिम्स युनिभर्सलले गरेको हो ।

उपाधिका लागि फिनालेमा आयुषा समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइटेल, जुब्ली शेर्पा, खुश्बु मण्डल, मणिकला गुरुङ, मेजिना महर्जन, रचना पोखरेल, रजिला बास्तोला, रीना श्रेष्ठ, सदीक्षा कार्की, संस्कृति लम्साल, सृष्टि राई, स्मृति श्रेष्ठ, स्नेहा वन र शुभेच्छा कार्कीले प्रतिस्पर्धा गर्दैछन् ।

फिनालेमा मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, मिस अर्थ २०२० सुप्रिया श्रेष्ठ, अभिनेत्री मिरुना मगर, मिस नेपाल वर्ल्ड-२०१० सदीक्षा श्रेष्ठ, मिस नेपाल वर्ल्ड-२०१५ इभाना मानन्धर, अभिनेता आयुष्मान जोशी, मिस नेपाल अर्थ-२०२० सुप्रिया श्रेष्ठले भाग लिने ड्रिम्स युनिभर्सलका प्रमुख शैलेश श्रेष्ठले जनाए ।

यदि मापदण्ड पूरा भएमा विजेताले मिस नेपालको फिनालेमा प्रतिस्पर्धा गर्न पाउने उल्लेख छ । ड्रिम्स युनिभर्सल र चिल्ड्रेन अफ युनिभर्सले शिक्षा र स्वास्थ्यजस्ता सुविधाबाट वञ्चित नेपाली बालबालिकाको स्तर सुधार्न सहकार्य गर्ने घोषणा गरेका छन् । सोही मितिमा अमेरिकाको टेक्सासमा ११ औं नेफ्टा फिल्म अवार्ड समेत आयोजना हुँदैछ । अवार्ड समारोहमा नेपाली फिल्म र संगीतका सेलिब्रिटीले पनि भाग लिने आयोजक फेम नेपाल र यूएस खबरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?