+
+

साम्राज्ञीविरुद्ध भुवनले दिएको ‘बेइज्जती’सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १४:१९

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरेको बेइज्जतीसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ । यो मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासमा हुँदैछ । २०७७ साउन ९ गते भुवनले साम्राज्ञीविरुद्ध मुद्दा दायर गरेका थिए ।

त्यतिबेला चलेको विवादमा साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित प्रतिक्रिया दिएका थिए । बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

त्यतिबेला साम्राज्ञीले ‘मानहानी’ भएको बताएकी थिइन् भने भुवनले पनि १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?