+
+

त्रिविले अनलाइनबाटै माग्यो शिक्षक-कर्मचारीको सम्पत्ति विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १७:५९

२७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले त्रिवि पदाधिकारी, शिक्षक, कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन दिएको छ ।

आथिर्क वर्ष सुरू भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने नियमानुसार आ.व.२०८०/८१ को विवरण गत वर्ष जस्तै राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्बन्धित कार्यालयबाटै सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । साथै जिल्लाका कार्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलाई भदौ २० गतेभित्र सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरण बुझाउने, ढिलो बुझाउने र नबुझाउने पदाधिकारी, शिक्षक, कर्मचारीको विवरण भर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

केन्द्रीय कार्यालय बाहेकका कार्यालय, क्याम्पस, विभागहरुले पदाधिकारी, शिक्षक, कर्मचारीहरुको सम्पत्ति विवरण लाह छाप गरी बुझी लिई, बुझी लिएको विवरण अनलाइन सफ्टवेयरमा आ.व.२०७९/८० को सम्पत्ति विवरण २०८० भदौ २० गतेभित्र भरिसक्न र त्यसको जानकारी कर्मचारी प्रशासन महाशाखामा उपलब्ध गराउन अनुरोध गरेको छ ।

यदि कसैले २०८० भदौ २२ गतेदेखि २८ गतेसम्म बुझाउन ल्याएमा बुझिलिइ सोही दिन नै अनलाइन सफ्टवेयरमा प्रविष्ट गर्न कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?