+
+

सुरक्षा पन्त र उषा रजक स्टारर ‘जुलेबी’ भदौ १ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १२:३२

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भदौ १ गतेदेखि प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शनलाई लिएर निर्माता र वितरण कम्पनी डीसीएनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै, डीआएर मुभिजले फिल्मको डिजिटल राइट्स पनि खरिद गरेको छ ।

भदौ १ मा अब ‘जुलेबी’ र आकाश श्रेष्ठ अभिनित ‘हिंड्दा हिंड्दै’ प्रदर्शनमा आउने भएका छन् । ‘जुलेबी’को शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । साथै सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतको पनि अभिनय छ ।

एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी र गाँजा बाजा फिल्मको निर्देशन गरेका थिए । विवेक खड्काले छायांकन गरेको ‘जुलेबी’मा अञ्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन छ । फिल्मकी निर्माता आभा शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?