३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् ।
कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई र संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4