+

श्रीलंकालाई रोक्दै पाकिस्तान ए एसिया इमर्जिङ कपको फाइनलमा

२०८० साउन  ५ गते १८:४६ २०८० साउन ५ गते १८:४६
श्रीलंकालाई रोक्दै पाकिस्तान ए एसिया इमर्जिङ कपको फाइनलमा

५ साउन, काठमाडौं । श्रीलंका एलाई हराउँदै पाकिस्तान ए एसीसी इमर्जिङ एसिया कप क्रिकेट फाइनलमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३२३ रनको लक्ष्य दिएको थियो । तर ४५.४ ओभरमा अलआउट हुँदै श्रीलंकाले २६२ रन मात्रै बनाउन सक्यो ।

समूह एको विजेता हुँदै श्रीलंका सेमिफाइन पुगेको थियो । तर घरेलु मैदानमा पाकिस्तान एसँग पराजित भएसँग उपाधि होडबाट बाहिरिएको छ ।

पाकिस्तान ए भने समूह बीको उपविजेता बनेर सेमिफाइनल पुगेको थियो । अब पाकिस्तानले भारत ए र बंगलादेश ए मध्ये एक टीमसँग उपाधि प्रतिश्पर्धा गर्नेछ ।

 

एसीसी इमर्जिङ एसिया कप पाकिस्तान श्रीलंका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय