+
+

दाङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते ८:२२

११ साउन, दाङ । दाङमा बुधबार राति मोटरसाइकलले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नर्तीका  ४० वर्षीय सन्तु चौधरी रहेका छन् । बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले लमहीको नर्तीमा ठक्कर दिएको थियो ।

ठक्कर गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।  ठक्कर दिए लगत्तै फरार रहेका मोटरसाइकल चालक लमही नगरपालिका-२ बनकट्टा निवासी सुरेश चौधरीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ ।

मृतक चौधरीको शवलाई लमही अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?