
१३ साउन, चितवन । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ ।
बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडकको पहिरो पन्छाएर बिहान ९:५५ बजेदेखि सडक पुन: दुईतर्फी नै सञ्चालन गरिएको छ ।
बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4