+
+

रौतहटमा युवकमाथि भाला प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते २१:०३

१३ साउन, रौतहट । रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् ।

शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् ।

उनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?