+
+

कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १६:०३

१६ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका–१, लहना थाम्बालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ६७ वर्षीया दिल कुमारी महर्जनको मंगलबार बिहान मृत्यु भएको प्रहरी वृत्त, कीर्तिपुरले जनाएको छ ।

आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि कीर्तिपुर अस्पतालमा पुर्याइएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?