+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वर्ल्डलिङ्‍कले भोलि नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १७:५७

काठमाडौं । वर्ल्डलिङ्‍कले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। इ-स्पोर्टस् समुदायलाई लक्षित गर्दै गेमिङ प्याकेज ल्याउन लागेको कम्पनीले जनाएको छ ।

गेमिङ प्याकेज बिहीबार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक गर्ने तयारी रहेको वर्ल्डलिङ्‍क कम्युनिकेसनले जनाएको छ। वर्ल्डलिङ्‍कको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

मोबाइल गेमिङ समुदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केही इ-स्पोर्टस् खेलाडीले परीक्षणका रुपमा प्रयोग गर्दै आएको कम्पनीले बताएको छ । उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्यून पाएको खुलासा गरेका छन् । उक्त प्याकेज ‘प्रो गेमिङ वाइफाइ सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा इ-स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?