+
+

हुण्डाइको ‘ह्वील्स अफ चेञ्ज’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १२:५४

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील्स अफ चेञ्ज’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ ।

१८ साउनदेखि सुरु भएको यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुण्डाइ प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज बिक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो । आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाइको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

हुण्डाइले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी ‘ह्वील्स अफ चेञ्ज’ योजना ल्याएको छ । जस अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरुसँग सहकार्य गरेको छ ।

यो योजना नेपालभर नै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाइको शोरुममा जान सकिनेछ ।

यो योजना अन्तर्गत हुण्डाइको विभिन्न उपलब्ध मोडलहरुमा ५ लाख रुपैयाँको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र २५ हजार रुपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

एक्सचेञ्ज पार्टनर र हुण्डाइ शोरुममा गएर हुण्डाइ गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस एक्सचेञ्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाइका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी तथा ह्याचव्याक मध्येबाट आफ्नो रोजाइ र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् ।

सबै हुन्डाइका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?