+
+

गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १४:२३

१८ साउन, गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । उनी भिरबाट लडेर करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएको डीएसपी पाण्डेले बताए ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?