+
+

सल्यानमा छोराले गरे आमाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १०:५२

२३ साउन, दाङ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।

शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?