+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाइँदैछ : गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:५२

२३ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाइएको पाइएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सुन तस्करी प्रकरणबारे जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले अन्तरदेशीय अपराधीको संलग्नतामा नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाउने, नेपालको सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पार्ने काम भइरहेको बताएका हुन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीको पालामा गठित छानबिन समितिले २०७० देखि ०७४ सम्म ७ हजार ९९९ किलो सुन नेपाल भित्रिएको देखाएको तर त्यसको पत्ता नलागेको, त्यसपछि ३३ किलो सुन प्रकरणमा पनि सुन बरामद हुन नसकेको श्रेष्ठले बताए ।

‘अहिले पनि १५५ केजी ग्रस वेट भनिएको सुन मात्रै हो कि, सिपमेन्टको आधारमा यो भन्दा बढी आएको हुनुपर्छ भन्ने सामान्य आकलन छ । र सुन तस्करीको ट्रान्जिट नेपाललाई बनाइँदैछ’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘ट्रान्स नेशनल कनेक्सनसहित नेपाललाई ट्रान्जिट बनाउने र नेपालको अर्थतन्त्र र सुरक्षालाई धरासायी बनाउने सँगसँगै छिमेकी मित्र राष्टहरुलाई पनि नकारात्मक असर पुर्‍याउने काम भइरहेको देखिन्छ ।’

नेपालमा विगतदेखि नै सुन तस्करी भइरहेको भन्दै श्रेष्ठले तर विगतमा पनि थियो भनेर सरकार चुप लागेर नबसकेको बताए ।

अहिलेको सुन तस्करीको दोषीहरुलाई हरहालतमा कारबाही गर्ने र यस्तो घटना पुनरावृत्ति हुन नदिन त्रिभुवन विमानस्थलको सुरक्षा र व्यवस्थापनको सन्दर्भमा नयाँ नीति, निर्णय र कार्ययोजना लागू गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?