२४ साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको साधारण सभाका लागि बाटो खुलेको छ ।
उच्च अदालत, पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र जगदीश घिमिरेको संयुक्त इजलासले साधारण सभा रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश सुनाएको छ ।
सदस्यता नदिएको भन्दै अशोकरत्न शाक्यसहित ५ जना उच्च अदालत गएका थिए । त्यसमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
बुधबार भएको बहसपछि सदस्यता प्रदान गर्न नसक्ने भनेर भक्तपुर क्रिकेट संघको पठाएको पत्रलाई क्रिकेट संघले प्रमाणीकरण गरेको देखिएको भन्दै अदालतले निवेदकको मागबारे अन्तिम सुनुवाइ हुँदा सम्बोधन हुने भएकाले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश सुनाएको हो ।
अब छिट्टै साधरणसभाको मिति तोक्ने संघका अध्यक्ष रुपक रञ्जितले जानकारी दिए ।
प्रतिक्रिया 4