+

एनएमबि–कपअन यू-१४ फुटबलमा चेल्सी च्याम्पियन

२०८० साउन  २६ गते १९:०७ २०८० साउन २६ गते १९:०७
एनएमबि–कपअन यू-१४ फुटबलमा चेल्सी च्याम्पियन

२६ साउन, काठमाडौं । एनएमबि–कपअन अन्तर स्कुल यू-१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेशनल स्कुलले जितेको छ ।

बूढानीलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रबार भएको फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीका स्ट्राइकर आदित्य शाहले फाइनलको एकमात्र गोल गरे । उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै चेल्सीलाई ट्रफी दिलाएका हुन् ।

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रम्हकुञ्जलाई १–० ले हरायो ।

सेमिफाइनलमा चेल्सीले ब्रम्हकुञ्जलाई २–१ र मनकामनाले रिब्सलाई ४–० ले पराजित गरेको थियो ।

क्वाटरफाइनलमा चेल्सीले जोसेफ हाईस्कुललाई २–०, मनकामनाले वेदव्यासलाई ३–०, रिब्सले लिभिङ वर्डलाई २–१ र ब्रम्हकुञ्जले माउन्ट ग्लोरीलाई गोलरहति बराबरीपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

लिग कम नकआउटको आधारमा आयोजित तीन दिने प्रतियोगितामा २९ स्कुलका ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।

फुटबल NMB Nmb Bank
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय