+
+

७ बंगलादेशी नागरिक काठमाडौंमा बन्धक, प्रहरीले गर्‍यो उद्दार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १६:४८

२८ साउन, काठमाडौं  । बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउँछु भन्दै काठमाडौं ल्याएर बन्धक बनाउन एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले यसरी बन्धक बनाइएका ७ जना बंगलादेशी नागरिकलाई उद्दार गरेको छ भने यसमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रमुख डा. मनोज केसीका अनुसार, पक्राउ पर्नेमध्ये ५ जना बंगलादेशी नागरिक नै छन् । प्रहरीले  यसमा संलग्न रहेको आरोपमा बंगलादेशको गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बरिसालका ३७ वर्षीय एमडी मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहाङ्गीर आलम र २१ वर्षीय तहमिना बेगमलाई पक्राउ गरेको छ ।

उनीहरुलाई सहयोग गरेको आरोपमा दुई नेपाली महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली-४ की ३३ वर्षीया रोशनी राई र बलेफी-६, सिन्धुपाल्चोककी २७ वर्षीया तारा नेपाली छन् । प्रहरीका अनुसार उद्दार गरिएकाहरुले आफूहरुलाई पोल्याण्ड लैजाने भन्दै ५ लाख रुपैयाँ लिइएको बताएका छन् ।

तर, उनीहरुलाई काठमाडौं ल्याएर अलपत्र पारिएको पाइएको छ । ‘कतिपयलाई मसाज सेन्टरमा पनि काम लगाएको पाइएको छ’, एसएसपी केसीले भने, ‘परिवारसँग पनि फिरौती मागेको भेटिएको छ ।’ कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?