+
+

‘गदर २’ ले तीन दिनमा १०० करोड पार गर्‍यो, ‘ओह माइ गड २’ को कति ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १२:३०

काठमाडौ । सनी देओलको ‘गदर २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ ।

‘गदर २’ ले शनिबार ४३ करोड कमाउँदा आइतबार ५० करोड बढी कलेक्सन गर्‍यो । योसँगै फिल्मले तीन दिनमा १३३.१८ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब सोमबारको कमाइप्रति सबैको नजर छ । किनकि विकेण्डको तुलनामा विकडेजमा फिल्मको कमाइमा केही असर पर्नेछ ।

तर गदर २ ले विकडेजमा समेत उत्कृष्ट कमाइ गर्ने ट्रेण्ड देखिएको बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् । यो फिल्मले सोमबार ३४ करोड हाराहारीमा नेट कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ ।

सनी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ब्लकबस्टर ‘गदर : एक प्रेमकथा’को सिक्वेल हो । फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् ।

उता अक्षय कुमार र पंकज त्रिपाठी अभिनित फिल्म ‘ओह माइ गड २’ ले तीन दिनमा ४३.५६ करोड भारु कमाइ गरेको छ । ‘गदर २’ को तुलनामा बक्स अफिसमा निकै पछि परेको यो फिल्मले शुक्रबार १०.२६ करोडको ओपनिङ गरेको थियो । फिल्मले शनिबार १५.३ करोड र आइतबार १७.५० करोड कमाइ गर्‍यो । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?