+
+

टक्सारमा यसरी जोखिँदै छ सुन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० साउन २९ गते १३:४३

२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र आफूहरुलाई प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु  भएको जानकारी दिए ।

उनका अनुसार टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुनेछ ।

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

सुन छुट्याइ सकेपछि एकैदिनमा जोखेर सकिन्छ, त्यसपछि गुणस्तर जाँचका लागि थप तीन दिन लाग्ने उनले बताए ।

सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुने छ ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?