+
+

कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते ८:३९
Photo Credit : अर्जुन सिंह ठकुरी

३२ साउन, धनगढी । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

मेहताले मृत भेटिएको हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?