 
																			३२ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ ।
समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे ।
दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ ।
परिसंघ सचिवालयमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।
‘ब्रेन ड्रेन’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै अध्यक्ष अग्रवालले भने ‘आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’
परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबर्द्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउँदै उनले दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने पनि बताए ।
आइडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने उनको विश्वास छ ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रुपमा नयाँ काम हुने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4