+
+

रग्बीमा नेपाल समूह ‘ए’ मा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते ९:५२

६ भदौ, काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालसँगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन् ।

हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा यूएई, चीन र अफ्गानिस्तान छन् ।

रग्बीका खेलहरु सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ ।

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।

एसियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो ।नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन् ।

नेपाली टोली :

विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?