+
+

प्रहरी भन्छ : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने क्रम बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १७:१०

७ भदौ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले गठिनबाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने बताए ।

‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने समस्या अहिले आएका छन्,’ उनले भने, ‘एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरुको संख्या पनि ठूलो छ ।’

गत वर्षको माघदेखि यसवर्षको असारको मसान्तसम्म काठमाडौं प्रहरीमा ८ हजार ९२३ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उनले ५ हजार ९४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको बताए ।

साइबर शाखामा ३३२ वटा निवेदन प्राप्त भएको उनले बताए ।

पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाएर ठग्ने क्रम पनि बढेको भन्दै सचेत रहन उनले आग्रह गरे ।

उनले मोबाइल चोरीको निवेदन पनि पछिल्लो समय बढ्दै गइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?