काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार शेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार तेस्रो जितपछि सिटीको ३ खेलबाट सिटीको ९ अंक भएकत्र छ । पहिलो हाफमा हर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्न चुकेपनि दोस्रो हाफमा सिटीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । हालान्डले ६३औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
८४औं मिनेटमा शेफिल्ड युनाइटेडका जेडन बोग्लेले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए । तर ८८औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीले २-१ को जित निकाल्यो ।
प्रतिक्रिया 4