 
																			११ भदौ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले २१ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यको सेयर सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरी बाँडफाँट गरीसकेको छ ।
कम्पनीले वैदेशिक राजगारीमा रहेका नेपालीलाई १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरेको हो । यस्तै कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । कम्पनीले बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता र अधिकतम २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा २५ भदौसमम आवेदन दिन सकनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने म्याद ४ असोजसम्म थप हुनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले इस्यूअर रेटिङ ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको लगानीमा मध्यमस्तरको क्रेडिट जोखिम रहेको संकेत गर्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4