+
+

औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १७:३७

१३ भदौं, काठमाडौं । प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

औषधि सल्लाकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौंको निर्णयले अनिवार्य औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो ।

प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रुपमा प्याकिङको लेबलमा रातो धर्का राख्नुपर्ने छ ।

प्रतिजैविक औषधिहरूको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?