+

आशिफसँग बिराट कोहलीको ठट्टा : एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु

२०८० भदौ  २० गते १६:२५ २०८० भदौ २० गते १६:२५
आशिफसँग बिराट कोहलीको ठट्टा : एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु

१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए, अनि आ-आफ्नो ड्रेसिङ रुममा गए ।

प्रशिक्षक मोन्टी देशाई भने दुई टोलीको ड्रेसिङ रुम भिजिट गराउन चाहन्थे । भारतीय प्रशिक्षक राहुल दब्रिडसँग आफ्नो सम्बन्धका आधारमा उनले त्यसको व्यवस्था पनि मिलाए ।

क्रिकेटर आशिफ शेखका अनुसार सुरुमा नेपाली क्रिकेटरहरु भारतीय ड्रेसिङ रुममा गए । भारतीय खेलाडीहरुले आफूलाई कसरी म्यानेज गर्छन् हेरे । त्यसपछि केही भारतीय खेलाडी नेपाली ड्रेसिङ रुममा आए ।

ह्यापी ड्रेसिङ रुमको अवधारणाअनसार प्रशिक्षक मोन्टीले राम्रो गर्ने खेलाडीहरुलाई मेडल दिने गरेका छन् । त्यो दिन पनि थियो ।

त्यसक्रममा भारतीय क्रिकेटर कोहलीले आशिफ शेखलाई मेडल लगाइदिए ।

शेखले भारतविरुद्ध अर्धशतक बनाएका थिए । अनि, त्यसअघि रोहितले नै उनको क्याच छाडेका थिए । मेडल लगाउने क्रममा त्यही प्रशंग निकालेर विराटले ‘एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु’ भनेर ठट्टा गरेको आशिफ शेखले सुनाएका छन् ।

आशिफ एसिया कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय