+
+

छिमेकीको हत्या गरेको आरोपमा ८३ वर्षीय तिलकबहादुर कटुवाल पक्राउ   

रासस रासस
२०८० भदौ २१ गते १०:२१

२१ भदौ, ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।

दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए ।

गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?