+
+

टोरन्टो फिल्म फेस्टिभल सुरु, भेनिसमा आज ‘रेड सुटकेस’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १२:५४

काठमाडौं । जापानी निर्देशक हायाओ मियाजाकीको एनिमेटेड फिचर ‘द ब्वाइ एण्ड द हेरोन’ प्रिमियरसँगै प्रतिष्ठित टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव क्यानडामा सुरु भएको छ ।

हलिउड कलाकारको हड्तालका कारण रेड कार्पेटमा स्टार पावरको अभाव देखिए पनि फेस्टिभल दर्शकले ११ दिनसम्म ५० भन्दा बढी फिल्म हेर्न सक्नेछन् । जसमा नेपाली फिल्म ‘गाउँ आएको बाटो’देखि क्रेग गिलेस्पीको ‘डम्ब मनी’, केट विन्सलेट र टाइका वेइटिटीको ‘ली’ समावेश छन् ।

स्टुडियो घिब्लीका कार्यकारी जुनिची निशिओकाले महोत्सवको ओपनरका रूपमा ‘द ब्वाइ एण्ड द हेरोन’ छनोट हुनु सम्मानको कुरा भएको बताए ।

आमाको मृत्युसँग संघर्ष गरिरहेको एक जवान केटाको अर्ध–आत्मकथामा आधारित यो फिल्म मियाजाकीको राजहंस गीतको रुपमा प्रस्तुत गरिएको छ । तर ‘स्पिरिटेड अवे’ र ‘माई नेबर टोटोरो’जस्ता कामका लागि परिचित ८२ वर्षीय निर्देशक महोत्सव उद्घाटनमा सहभागी रहेनन् ।

राइटर्स गिल्ड अफ अमेरिका र स्क्रिन एक्टर्स गिल्ड र अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्ट्स (एसएजी–एएफटीआरए) तलब र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई लिएर मे महिनादेखि हड्तालमा छन् । ‘गोन्जो गर्ल’ स्टारहरु अक्र्वेट, क्यामिला मोरोन र विलियम डफो लगायतले फिल्म प्रवर्द्धन गर्न संघबाट स्वीकृत प्राप्त गरेका छन् ।

स्टुडियोमा आधारित नभएका इन्डी फिल्मलाई प्रवर्द्धनका लागि हड्तालको बीचमा समेत आंशिक छुट छ । ‘म यहाँ आउन पाउँदा भाग्यमानी छु, तर धेरै मानिस महोत्सवमा उपस्थित हुन असमर्थ छन्,’ हड्ताललाई आवश्यक भन्दै मोरोनले रोयटर्सलाई भने ।

अमेरिकाका डेढ लाखभन्दा कलाकार र ६५ हजार लेखकले हड्तालका कारण फिल्मको प्रचार र छायांकन गर्न अस्वीकार गरेका छन् । सन् २०२३ को एमी अवार्ड पनि हड्तालको कारण अर्को वर्षका लागि पोस्टपोन्ड भएको छ ।

नेपाली फिल्म ‘गाउँ आएको बाटो’को वर्ल्ड प्रिमियरमा सहभागी हुन क्यानडा पुगेका कलाकारहरु दयाहाङ राई र पशुपति राई टोरन्टोमा सहभागी छन् । अभिनेतृ राईले टोरन्टो फेस्टिभलबाट तस्वीर सार्वजनिक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?