+
+

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १३:३६

२ असोज, काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

२ असोज मंगलबार नेप्से र सन् नेपाल लाइफ इन्स्योरेनसबीच सेयर सूचीकरण सम्झौता भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै नेप्सेको अर्को कारोबार दिन बिहीबार कम्पनी सेयर दोस्रो बजारमा कारोबार सुरु गर्न सकिने भएको छ ।

सन् नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको २ करोड २४ लाख कित्ता संस्थापक सेयर हो ।

कम्पनीले ३२ साउनदेखि ४ भदौसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रिमियम सहित कुल २३९ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको सेयर नेपसेमा सूचीकृत भएसँगै बिहीबार नेप्सेको स्पेशल प्रि ओपन सेसनमा कारोबार कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कम्पनीको सेयर पहिलो कारोबारका लागि नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।

नेप्सेले कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण भएको प्रतिवेदनको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?