+
+

भित्रियो होण्डाको इलिभेट कार, कति छ बजार मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १८:२५

काठमाडौं । नेपालमा होण्डा कारका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा इलिभेट कार भित्र्याएको छ ।

होण्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र ७५ हजार छुटका साथै निःशुल्क सेवासहितको आकर्षक अफर घोषणा गरेको हो ।

यी कारमा भित्री रुपमा खैरो र कालो रंग गरी दुई–टोनको विलासिता झल्किन्छ । भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्ने कम्पनीले जनाएको छ । ठूलो केबिनले यात्रुका लागि पर्याप्त सुविधायुक्त बस्ने ठाँउ प्रदान गर्दछ ।

एलिभेटको एक–पुस इन्जिन सुरु/स्टप कार्यक्षमता छ । यसले अल्फा–बोल्ड सिग्नेचर ग्रिल र बेस्ट–इन–क्लास २२० एमएम ग्राउन्ड क्लियरेन्स दिन्छ । जसले नेपालका भूगोलमा यी कार उपायेगी मानिन्छ ।

कति छ बजार मूल्य ?

१.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होन्डा इलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार रूपैयाँबाट सुरु हुन्छ । यसको इलिभेट भीएमटीको मूल्य ६० लाख ३५ हजार रूपैयाँ पर्छ ।

यस्तै इलिभेट भीएक्सएमटीको सुरुवाती मूल्य ६६ लाख ९५ हजार रूपैयाँ तोकिएको छ । इलिभेट एडएक्सएमटीको सुरुवाती मूल्य ७३ लाख ४४ हजार रूपैयाँ छ । इलिभेट भीसीभीटीको सुरुवाती मूल्य ६५ लाख ७० हजार रूपैयाँ छ ।

इलिभेट भीएक्ससीभीटीको सुरुवाती मूल्य ७१ लाख ९५ हजार रूपैयाँ तोकिएको छ भने इलिभेट एडएक्ससीभीटीको सुरुवाती मूल्य ७८ लाख ७० हजार रूपैयाँ तोकिएको छ । इलिभेट जेडएक्ससीभीटी (डीटी) को सुरुवाती मूल्य भने ७९ लाख ४४ हजार रूपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?