+
+

कलेज पुगेर दर्शक फकाउँदै प्रकाश सपुत र केकी अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १८:४७

काठमाडौं । असोज २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ अहिले मोफसल दौडाहामा छ । लक्षित समूहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप काठमाडौमा कलेज भिजिटपछि अहिले फिल्म युनिट नारायणगढ पुगेको हो । त्यहाँका कलेज पुगेर फिल्मले दर्शक फकाइरहेको छ ।

फिल्मले युवापुस्तामा बढ्दो विदेश मोहको कथा पेश गर्छ । फिल्मका लक्षित दर्शक विद्यार्थी रहेको बताइएको छ । जसअनुसार कलेज लक्षित प्रचार चलाइएको छ ।

दौडाहाको क्रममा फिल्मको कथावस्तु चित्रण गरिएको नाटक पनि मञ्चन गरिएको छ । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा टूर जारी रहने जनाइएको छ ।

नारायणगढका कलेजमा निर्देशक रायमाझीसहित कलाकारहरु प्रकाश सपुत र केकी अधिकारीले विद्यार्थीलाई परिवारसहित फिल्म हेर्न आग्रह गरे । बुटवल, नेपालगञ्ज र पोखराका विद्यार्थीलाई पनि उनीहरुले फिल्म हेर्न आग्रह गर्ने भएका छन् ।

निर्देशक रायमाझीले ‘परदेशी’ र ‘परदेशी २’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु भिन्न रहेको बताए । कथाले उच्च शिक्षाका लागि बिदेशिने नेपालीको विदेश भोगाइलाई चित्रण गरेको रायमाझीले बताए ।

डेब्यु अभिनेता सपुतले भने कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए । उनले भने- ‘गीतसंगीत गर्नु र सिनेमा गर्नु विल्कुलै फरक रहेको पाएँ । चुनौति मोलेर यो फिल्ममा जोडिएको हुँ । निर्देशक नारायण सर र म गीतसंगीतकै भएकाले काम गर्न त्यति असहज भएन् ।’ फिल्ममा सपुतले विदेशिएका विद्यार्थीको भूमिका निर्वाह गरेका छन् । ‘परदेश हुदाँ घर, साथी, पढाईसँगै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको छ’ उनले भने ।

अभिनेत्री अधिकारीले गीत र कथावस्तु बलियो रहेको बताइन् । ‘कुनैपनि काम मन लगाएर गरेको खण्डमा देशमै सुन फल्छ भन्ने मूल मर्म फिल्मले बोकेको छ’ उनले भनिन् ।

‘परदेशी’को पहिलो श्रृंखला २०७२ सालमा रिलिज भएको थियो । उक्त श्रृंखलाको शीर्ष भूमिकामा प्रशान्त तामाङ थिए । दोस्रो भागमा समेत तामाङलाई विशेष भूमिकामा देख्न पाइने भएको छ ।

यसपटक फिल्म सपुतको वरपर घुमेको छ । फिल्ममा नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ ।

फिल्मको निर्माण राजेश वंशल र रायमाझीले गरेका हुन् । गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?