+
+

धनगढी बजार क्षेत्र डुबानमा, अस्पतालको वार्ड पनि जलमग्न

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते ९:१०

८ असोज, धनगढी । अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।

पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?