
काठमाडौं । तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो ।
उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।
अनमोललाई भेट्न भुवन केसीकी छोरी तथा अनमोलकी दिदी काजल पनि पुगेकी थिइन् । उनलाई प्रहरीले अहिले जिल्ला अदालतमा उपस्थित गराउन लगिरहेको छ । फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्माताले अनमोलविरुद्ध उजुरी दिएका थिए । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4