
काठमाडौं । शिव प्रकाशद्वारा लिखित ‘समभोक’ उपन्यास बिक्रीबाट प्राप्त दुई लाख रुपैयाँ बालबालिकाको क्षेत्रमा काम गर्ने दुई संस्थालाई प्रदान गरिने भएको छ ।
उक्त रकम चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर र काठमाडौंस्थित रक्षा नेपाललाई सहयोग स्वरुप प्रदान गरिने लेखक शिव प्रकाशले घोषणा गरेका हुन् ।
यसअघि लेखक प्रकाशले आफ्नो ‘घागी’ कथा संग्रह बिक्रीबाट आएको दुई लाख ७५ हजार रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका थिए ।
लेखक शिव प्रकाशका हालसम्म ६ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । ‘समभोक’ उनको पहिलो उपन्यास हो । उनी हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4