
१७ असोज, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा देशकै उत्कृष्ट बनेको छ ।
गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
प्रशासन कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरु कार्यसम्पादन मापकका सूचकबाट देशभरमै पहिलो बनेको जनाएको छ ।
गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७९÷०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले ९६.४४ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4