
‘हावामा हरायौं कि
बतासमा बिलायौं कि’
प्रेम विरहको यही भाकालाई समेटेर तयार गरिएको गीति भिडियो, ‘हावामा हरायौं कि’ सार्वजनिक भएको छ ।
गीतमा डार्वीन लुङ्गेलीको शब्द, संगीत र स्वर छ । संगीत संयोजन रोमन बज्राचार्यको । भिडियोमा नर्सीससँगै सारा राई, आईनी राईले अभिनय गरेका छन् । अनिल कटवालले यसलाई दृश्यमा उतारेका हुन् ।
सडक दुर्घटनामा जीवनसंगी गुमाएपछि एउटा युवाको जीवन कति फिका हुन्छ ? उसको खुसी र उमंगमा कसरी बादल लाग्छ ? उसको मनभित्र विरहको तुफात कति चल्छ ? गीत र दृश्यको संयोजनले यही देखाउँछ । नर्सीसले सरल दृश्यभाषामा गीतको भाव उतारेका छन् । त्यसो त नर्सीसले यसअघि नाटक र म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
पाँच मिनेट लामो भिडियोमा एउटा वियोगान्त सम्बन्धको कथा देखाइएको छ । युमा बसुन्धारा आर्टस्को प्रस्तुती रहेको यो भिडियोलाई भूवन लिङ्देनले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4