+

विश्वकपमा दक्षिण अफ्रिकाको कीर्तिमानै कीर्तिमान

२०८० असोज  २० गते १८:४८ २०८० असोज २० गते १८:४८
विश्वकपमा दक्षिण अफ्रिकाको कीर्तिमानै कीर्तिमान

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले एकसाथ चार रेकर्ड बनाएको छ ।

दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनायो । यो विश्वकप क्रिकेटमा एकै पारीमा बनेको अहिलेसम्मकै ठूलो रेकर्ड हो ।

यसअघि २०१५ को विश्वकपमा अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।

कीर्तिमानी योगफल खडा गर्ने क्रममा अरू तीन रेकर्ड पनि बन्यो । दक्षिण अफ्रिकाका तीन ब्याट्सम्यान एडेन मार्करम, रासी भान डेर डसन (१०६) र क्विन्टन डिकक (१००)ले शतक बनाए ।

यसअघि विश्वकपको कुनै पनि एक खेलमा तीन ब्याट्सम्यानले शतक बनेका थिएनन् । ओडीआईमा पनि तीन पटक मात्र यस्तो भएको छ । त्यसमा पनि २०१५ मा वेष्ट इण्डिज र भारतविरुद्ध दक्षिण अफ्रिकाका तीन ब्याट्सम्यानले एकै खेलमा शतक बनाएका थिए । यस्तै २०२२ मा नेदरल्याण्ड्सविरुद्ध भएको खेलका क्रममा इंग्ल्याण्डका तीन ब्याट्सम्यानले शतक बनाएका थिए ।

दक्षिण अफ्रिकाका एडेन मार्करमले विश्वकपमा सबभन्दा कम बलमा शतकको रेकर्ड पनि बनाएका छन् । उनले ४९ बलमा शतक पुरा गरेका हुन् ।

उनी १०६ रनमा आउट भएका थिए, जतिबेला दक्षिण अफ्रिकाको स्कोर ३८३/४ थियो । तर डेभिड मिलरले आक्रमक पारी खेल्दै दक्षिणी अफ्रिकाको स्कोर कीर्तिमानी बनाए । मिलर ३९ रनमा अविजित रहे भने मार्को जनसन १२ रनमा नटआउट रहे ।

एकै इनिङमा ५९ बाउन्ड्रीको रेकर्ड पनि बनेको छ ।

श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

 

दक्षिण अफ्रिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय