+
+

गण्डकीका संसदीय समिति सभापतिले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १०:४८

२१ असोज, काठमाडौं । गण्डकीका संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । ४ दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक/एक समिति सभापति लिएका थिए ।

शनिबार भएको मनोनयनमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरी सभामुख कृष्ण धितालले शपथ खुवाएका हुन् ।

अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्यालले पाएका छन् । सभापति शेरबहादु देउवाइतरका उनी संसदीय दलको नेताका लागि सुरेन्द्रराज पाण्डेसँग चुनाव लडेका थिए ।

कांग्रेसबाटै पूर्वराज्यमन्त्री तथा प्रतिनिधि सभा हुँदै प्रदेश सांसद बनेकी बागलुङकी चम्पादेवी खड्काले प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएकी छन् ।

सार्वजनि लेखा समिति प्रतिपक्षले पाउने संसदीय अभ्यास अनुसार एमाले सांसद स्याङ्जाका सुधीरकुमार पौडेल निर्वाचित भएका छन् ।

विद्यार्थी राजनीतिबाट आँधिखोला गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सांसद बनेका सुधीर एमालेमा हक्की नेता मानिन्छन् ।

सामाजिक विकास तथा कृषि समितिको सभापति माओवादीले पाएको कोटामा नेपाल समाजवादीका फणिन्द्र देवकोटा चयन भएका छन् । बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट उनी माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेका हुन् ।

संसद सुरु भएको ९ महिनापछि गण्डकी प्रदेश सभाका विषयगत समितिले सभापति पाएका हुन् । गत साउन ३० गते समिति गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?