+
+
Shares

इजरायलमा नेपालीको अवस्थाबारे सरकारले छिटो–छिटो जानकारी दिनुपर्छ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते ११:५४

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो-छिटो जानकारी दिनुपर्ने बताएका छन् ।

साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै नेता सिंहले भने, ‘इजरायल युद्धको अवस्था संवेदनशील भएकाले सरकारको तर्फबाट टाइम टु टाइम जनतालाई जानकारी दिँदा राम्रो हुन्छ ।’

हमासले गत शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ । केही घाइते र केही सम्पर्कविहीन छन् । उनीहरुको अवस्थाबारे जानकारी नपाएको गुनासो आफन्तहरुले गरेकाले सरकारले छिटो–छिटो जानकारी दिनुपर्ने नेता प्रकाशमानको भनाइ छ ।

उनले दिवंगत नेपालीहरुको शव छिटो नेपाल ल्याउनुपर्ने, घाइतेहरुको अवस्था र वेपत्ताको खोजीमा भइरहेको प्रगतिबारे परिवारका सदस्यलाई जानकारी दिनुपर्ने प्रकाशमानले बताए ।

सरकारले नेपालमा फर्किन चाहनेहरुका लागि इनलाइन रजिष्ट्रेसनको व्यवस्था गरे पनि अनलाइन नचलेको अवस्थामा र अनलाइनको पहुँच नभएकाहरुको हकमा के गर्ने भन्नेतर्फ पनि ध्यान दिन उनले सरकारलाई सुझाव दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?