
२३ असोज, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ (दोङ)ले प्रत्येक जिल्लामा शिक्षा कार्यालय ब्युँताउने सरकारी प्रस्ताव खारेजीको माग गरेका छन् ।
विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । ‘स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने शिक्षाका काम गर्नका लागि जिल्ला शिक्षा कार्यालयको प्रावधान नचाहिने भएकाले सिंगै दफा हटाउने’ सांसद तामाङको प्रस्ताव छ ।
प्रस्तावित विधेयकको दफा २२ मा प्रत्येक जिल्लामा शिक्षा कार्यालय रहने उल्लेख छ । यस दफामा जिल्ला शिक्षा कार्यालयको काम कर्तव्य र अधिकार क्षेत्र उल्लेखित छन् । यो प्रस्तावित दफा नै हटाउनुपर्ने माओवादी सांसद तामाङको प्रस्ताव छ ।
माध्यमिक तहसम्मको निजी विद्यालय संचालन सम्बन्धी व्यवस्था स्थानीय सरकारको कानुन अनुसार हुने भनी छाडिदिनुपर्ने पनि उनको प्रस्ताव छ ।
प्रतिक्रिया 4