२३ असोज, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध श्रीलंकाका दुई जना ब्याट्सम्यानले शतक पूरा गरेका छन् ।
कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका हुन् ।
मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए ।
यी दुई तेस्रो विकेटका लागि १११ रनको साझेदारी पनि गरेका थिए ।
सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए ।
यी दुईको शतकीय योगदानबाट श्रीलंकाले पाकिस्तानलाई ३४५ रनको लक्ष्य दिएको छ ।
प्रतिक्रिया 4