+
+
Shares

विपक्षी नेता क्रिस्टोफर लक्सनले जिते न्यूजिल्याण्डको चुनाव

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १६:२७

२७ असोज, काठमाडौं । न्यूजिल्याण्डका विपक्षी नेता क्रिस्टोफर लक्सनले आम निर्वाचन जितेका छन् ।

लेबर प्रधानमन्त्री क्रिस हपकिन्सले नेशनल पार्टीका नेता लक्सनलाई फोन गरेर आफ्नो हार स्वीकार गरेका छन् । साथै उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै भनेका छन्, ‘चुनावी परिणाम यस्तो आयो, जुन हामीले चाहेका थिएनौं ।’

लक्सन २०२० मा पहिलो पटक संसदमा पुगेका थिए भने २०२१ मा नोभेम्बरमा विपक्षी नेता भए । यो निर्वाचनका क्रममा उनले मध्यम आय भएकाहरुको कर घटाउने र अपराधको नेक्सस तोड्ने वाचा गरेका थिए ।

उनको दलले चुनावबाट सबभन्दा ठूलो पार्टी भएको छ । १२१ सदस्यीय संसद भएको न्यूजिल्याण्डमा नेशनल पार्टीले ५० सिट जित्ने देखिएको न्यूजिल्याण्ड हेराल्डले जनाएको छ । यस्तो भएमा उसले अघिल्लो पटक भन्दा १७ सिट थप्नेछ ।

लेबर पार्टी भने ३१ सिट गुमाउने र ३४ सिटमा खुम्चिने देखिएको छ । ग्रिनले १३, न्युजिल्याण्ड फस्टले ८ र माओरी पार्टीले ४ सिट जित्ने देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?