+
+

राजेश हमाल लक्षित अभिव्यक्तिप्रति उषा रजकले मागिन् माफी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते ११:०८

काठमाडौं । अभिनेत्री उषा रजकले अभिनेता राजेश हमाल लक्षित अभिव्यक्तिप्रति माफी मागेकी छन् । हालैको एक टेलिभिजन कार्यक्रममा उनले ‘हमाल ओभररेटेड एक्टर’ भएको भन्दै आलोचना गरेका थिइन् ।

रजकको यस्तो अभिव्यक्तिपछि इन्टरनेटमा सानोतिनो आँधी नै आयो । आइतबार बिहान सामाजिक संजाल पोस्टमार्फत रजकले हमाललाई ट्याग र नमस्कारको इमोजी पेश गर्दै लेखेकी छन्, ‘अरु कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् : मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।’

उनी अघि लेख्छिन्- म, उषा रजक, हाम्रा बरिष्ठ अभिनेता राजेश हमालजी सँग माफी माग्न चाहन्छु । मैले गरेका टिप्पणी कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । वहाँको बौधिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर मेरै दुर्भाग्यवश ती अभिव्यक्ति डिजिटल तारहरु बीच कहिँ कतै हराए ।’

रजकको यस्तो अभिव्यक्तिलाई लिएर हमालका फ्यान उनीमाथि खनिएका थिए । आफ्ना अभिनयमार्फत गम्भीर र बौद्धिक दर्शकमाझ परिचित रजक यसै महिनाको सुरुआतमा अर्का अभिनेता तथा निर्देशक अनुप बरालविरुद्ध पनि आक्रामक सुनिएकी थिइन् ।

‘कागबेनी’ फिल्ममा आफूलाई हटाएर दिया मास्केलाई कास्ट गरिएको उल्लेख गर्दै रजकले बरालविरुद्ध कास्टिङ काउचको आरोप समेत लगाएकी थिइन् । बरालकी पूर्वपत्नीको अभिव्यक्तिलाई पनि उनले फेसबुकमा सेयर गरेकी थिइन् । तर, अहिले यी सबै पोस्ट हटाइएका छन् ।

‘कुसुमे रुमाल २’बाट अभिनयमा डेब्यु गरेकी रजक इकु, कथा, कठ्पुतली र वान डेमा अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?