+

उच्च रक्तचापले मुटुमा पार्न सक्ने ६ घातक असर

२०८० कात्तिक  २ गते १२:५८ २०८० कात्तिक २ गते १२:५८
उच्च रक्तचापले मुटुमा पार्न सक्ने ६ घातक असर

उच्च रक्तचाप भएका व्यक्तिलाई मुटुरोग हुने सम्भावना अधिक हुन्छ । किनकि शरीरमा रक्तचाप बढेको बेला मुटुले बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यसले मुटुमा घातक असरहरु गर्न सक्छ ।

हृदयघातको जोखिम

हृदयघात भनेको मुटुको मांसपेशीलाई असर गर्छ । शरीरमा शुद्ध रगत पुर्‍याउन मुटुको मांसपेशीमा रहेका कोरोनरी धमनीहरूमा केही कारणले अवरोध पुगेमा मांसपेशी मर्ने अवस्थालाई हृदयघात भनिन्छ ।

रक्तचाप निरन्तर बढिरहँदा लामो समयसम्म रगतले रक्तनलीको भित्तामा दबाब दिन्छ । यसले गर्दा मुटुको धमनीको भित्रीपत्र इन्डोथेलियम क्षतिग्रस्त भई उक्त भागमा कोलस्टेरोल जम्मा भई साँघुरो हुन्छ । यसले हृदयघात हुने जोखिम हुन्छ । वा प्लाक बन्ने प्रक्रिया तीव्र गतिमा हुन पुग्छ ।

मुटुको मांसपेशीभित्र हुने रक्तवाहिनी नलीहरूमा यसरी निरन्तर अवरोध रहिराखेमा मुटु क्षीण हुँदै जान्छ । यस्तो समयमा छातीकोबीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम चढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नुजस्ता लक्षण देखा पर्छन् ।

मुटुको बायाँ भेन्ट्रिकल सुन्निने समस्या

मुटुका चार खण्डमध्ये मुटुको पम्पको मुख्य काम बायाँ भेन्ट्रिकलले गर्छ । रक्तचाप बढेको बेला बायाँ भेन्ट्रिकलले बढी दबाबमा काम गर्नुपर्दा यसमा मोटोपन र कडापन हुन पुग्छ । यसले गर्दा बायाँ भेन्ट्रिकलको भित्ता बढी बाक्लो र कम लचक भएर जान्छ । यसैलाई मुटुको बायाँ भेन्ट्रिकल सुन्निने अवस्था भनिन्छ । जसलाई ईसीजी वा इकोकार्डियोग्राम गरेर पत्ता लगाउन सकिन्छ । सुरुकै बेलामा उपचार गरे यो सामान्य अवस्थामा फर्किन सक्छ । तर पछि बढ्दै गएमा हृदयघात हुने सम्भावना बढेर जान्छ ।

मुटुको बायाँ भेन्ट्रिकलमा मोटोपन र कडापन भएमा मुटुको चाल अनियन्त्रित र अनियमित हुन सक्छ । मुटुभित्रका स-साना रक्तनलीहरू आवश्यक परेको बेलामा फुक्न नसक्ने हुँदा हृदयघातको जोखिम झन् बढ्ने गर्छ । यस्तो अवस्थामा मानिसको अकस्मात मृत्यु  हुन पनि सक्छ ।

मुटुको पम्प कमजोर हुने समस्या

मुटुको पम्प कमजोर हुने अवस्थालाई मुटु फेल भनिन्छ । लगातार मुटुको पम्पले बढी दबाबमा काम गरिरहँदा पछि गएर मुटु थाक्ने र काम गर्ने क्षमता घटने समस्या देखिन्छ । यस्तो समस्या देखिएमा बिस्तारै हिंड्दा पनि श्वास बढ्ने, खुट्टा सुन्निने र थकाइ बढी लाग्ने हुन्छ ।

मुटु फुक्न वा फैलिन नसक्ने समस्या

मुटु खुम्चिने र फुक्ने प्रक्रिया निरन्तर चलिरहन्छ । खुम्चिएको बेलामा मुटुले रगत पम्प गरिरहेको हुन्छ भने फुकेको बेलामा रगत ग्रहण गरिरहेको हुन्छ, जसबाट मुटुमा रगत भरिन्छ । त्यसरी फुकेको बेलामा जम्मा भएको रगत हरेक धड्कनले अगाडि धकेलिरहेको हुन्छ ।

रक्तचाप बढी रहिरहेमा मुटुमा कडापन बढ्ने तथा लचकता घट्ने गर्छ, जसलाई डायस्टोलिक संकुचन भनिन्छ । यस्तो भएमा मुटु फुकेको बेला रगत ग्रहण गर्ने क्षमता घट्न जान्छ ।

रक्तनली फैलिने खतरा

मुटुको वरिपरि ठूला तथा मध्यम खालका रक्तनलीहरू हुन्छन् । ती रक्तनलीहरू उच्च रक्तचापका कारण कडा हुने र लचकता कम हुने समस्या देखा पर्छ । जसबाट रक्तप्रवाहमा नकारात्मक असर पर्छ । रक्तनलीहरूका भित्तामा बोसोजन्य पदार्थ जम्ने तथा रक्तनलीहरू साँघुरिने हुन्छन् । त्यसले गर्दा रक्तनलीहरूमा उच्च रक्तचापका कारण मांसपेशीहरू कमजोर भई तन्किने तथा च्यातिने खतरा पनि हुन्छ । जुन समस्या अति नै जोखिमयुक्त हुने हुनाले मानिसको अकस्मात मृत्यु हुन सक्छ ।

त्यस्तै मस्तिष्क तथा मुटुका रक्तनलीहरू साँघुरिंदै जाने र पछि मस्तिष्क पक्षघात तथा हृदयघातको जोखिम बढ्छ ।

मुटुको चालमा गडबडीको समस्या

उच्च रक्तचापले गर्दा दायाँ भेन्ट्रिकल सुनिएको छ भने चालमा गडबडी हुने जोखिम थप बढेर जान्छ । मुटको चाल अनियन्त्रित तथा अनियमित हुन सक्छ । यस्तो अवस्थामा मानिसको अकस्मात मृत्यु हुन पनि सक्छ । रक्त लामो समयसम्म बढिरहँदा वा एक्कासी धेरै नै बढ्दा मुटुको चालसम्बन्धी समस्या बल्झिने गर्छन् ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. म्साल ओम अस्पतालका कार्यरत छन उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

उच्च रक्तचाप मुटुरोग
लेखक
डा. कमल लम्साल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?