+
+
नेपाल भर्सेस ओमान :

टस जित्ने टिमलाई सुरुको ५-६ ओभर फाइदा हुन्छ : शरद भेषावकर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते ८:१४

१६ कात्तिक, काठमाडौं ।आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज घरेलु टोली नेपालले ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलले समूह ‘ए’को विजेतको टुङ्गो लाग्नेछ ।

नेपाल र ओमानविरुद्धको खेल बिहान ९ बजे सुरु हुनेछ ।

बिहानको कन्डिसनमा खेल हुने भएकोले टस जित्ने टिमलाई सुरुमा फाइदा हुने क्रिकेटर शदर भेषावकर बताउँछन् । ‘यो खेलमा टस जित्ने टिमलाई सुरुको ५/६ ओभर फाइदा हुन्छ,’ शरदले अनलाइनखबरसँगको कुराकानीमा भने ।

नेपालले यसअघि पहिलो खेल सिंगापुरविरुद्ध बिहान खेलेको थियो भने मलेसियाविरुद्ध दोस्रो खेल दिउँसो खेलेको थियो । दुवै खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । तर, नेपालविरुद्ध पावर प्लेमा दुवै टिमले राम्रो ब्याटिङ गरेका थिए ।

ओमान अनुभवी र ओडीआई मान्यता प्राप्त टिम हो । नेपालले पावर प्लेमा यसअघि बलिङमा धेरै रन दिएको थियो ।

त्यसैले ओमानविरुद्ध खेल्दा नेपालले ओपनिङ बलिङमा सुधार गर्नुपर्ने शरदले बताए । ‘ओमानले पनि दुवै खेल जितेर आछ । अनुभवी टिम छ । हामीले ओपनिङ बलिङमा अलि धेरै रन दिएजस्तो लाग्छ । सुरुको बलिङमा अली सुधार गर्नुपर्छ ।’

सेमिफाइनल पुगिसकेको भए पनि ओमानविरुद्धको खेल नेपालक लागि सेमिफाइनल जत्तिकै महत्वपूर्ण हुनेछ । किनकि यो खेलको नतिजाले सेमिफाइनलको समीकरण बन्नेछ र दुवै टोली अर्को समूहको सम्भावनित विजेता यूएईसँगको भेट टार्न चाहन्छ ।

यस्तै समूह को विजेता बन्दा नेपालले सेमिफाइनल पनि टीयू मैदानमै खेल्न पाउँछ जुन अर्को फाइदा हुनेछ । यदि ओमानसँग पराजित भएर समूह उपविजेता भएमा नेपालले सेमिफाइनल मुलपानी मैदानमा खेल्नुपर्नेछ ।

रोहित पौडेलको कप्तानीमा अहिले नेपालको टिम लयमा छ । पछिल्लो एक महिना खेलेको १० टी-२० आई खेलमा नेपालले जम्मा दुई खेल मात्र हारेको छ । त्यसमा एक खेल एसियाडमा भारतसँग र अर्को खेल त्रिकोणात्मक टी-२० शृङ्खलाको फाइनलमा थियो।

उता ओमान पनि जिसान मक्सुदको कप्तानीमा राम्रो खेलिरहेको छ । कप्तान जिसानसहित अलराउण्डर अकिब इल्यास र बिलाल खान ओमानको महत्वपूर्ण खेलाडीको रुपमा छ ।

नेपाल र ओमानबीचको खेल प्रतिस्पर्धात्मक हुने शरदको अपेक्षा छ । ‘ओमानका कप्तान जिसानको लिडरसिप क्षमता राम्रो छ र उनले टिमलाई राम्ररी नेतृत्व दिएको छ । तर, अहिलेको रिसेन्ट लय हेर्दा ओममनले नेपाललाई हराउन गाह्रै पर्छ ।’

गत वर्ष भएको टी-२० विश्वकप छनोटमा नेपाल र ओमान एकै समूहमा हुँदा नेपाल विजयी भएको थियो । तर, सेमिफाइनलमा पराजित हुँदा दुवै टिम विश्वकपमा पुग्न सकेनन् । त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा नेपालले ओमानलाई हराएको थियो ।

नेपाल र ओमानबीच भएको चार टी-२० आई खेलमा नेपालले पछिल्लो तीन खेल जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?