+
+
Shares
स्थलगत रुकुम पश्चिम :

मान्छे चिच्याएको आवाज सुन्दै ढुंगा माटो पन्छाएर उद्धार

आभास बुढाथोकी आर्यन धिमाल आभास बुढाथोकी, आर्यन धिमाल
२०८० कात्तिक १९ गते १८:२९

१९ कात्तिक, रुकुम पश्चिम । शुक्रबार राति मध्यरातमा एकाएक जोडसँग घरहरु हल्लिन थालेपछि रुकुम पश्चिम आठबिकोट नगरपालिका– १४ छेपारेका २५ वर्षका निमबहादुर विक आफ्नो श्रीमती र सात वर्षकी छोरी लिएर सडकतिर दौडिए ।

‘पहाड नै खसे जस्तो आवाज आयो’, उनले भने, ‘जब बाहिर आएर हेरेँ, गाउँमा घरहरु सग्ला थिएनन् । सबैजसो घरहरु भत्किसकेका थिए । मान्छेहरु चिच्चाएको मात्र आवाज सुनिन्थ्यो ।’

निमबहादुरका छिमेकी २१ वर्षका प्रकाश विक पनि भूकम्प जाँदाजाँदै घरबाट बाहिर निस्किए थिए । ‘हामी दुईतीन घर बाहेक सबैजसोका घरहरु भत्किएका थिए’ निमबहादुरले भने, ‘त्यो देखेपछि केही नसोची भत्किएको घरतिर दौडियौं ।


भूकम्प गएलगतै गाउँमा सुरुमा जोगिएर निस्किने सुरुमा उनीहरु दुई नै थिए । सुरुमा उनीहरु २५ वर्षीया निर्मला शर्माको घरमा गए । त्यहाँ निर्मला र उनकी बहिनीका गरी तीन साना बच्चा थिए ।

‘घर पुरै भत्किएको थियो, काखमा दुई जना राखेर, च्यापिएको अवस्थामा देखेपछि ढुंगामाटो फोलेर उद्धार गर्‍यौं’, उनले भने, ‘घर भत्किएर फसेकाहरुलाई पालैपालो गरी उद्धार गर्दै गयौं ।’

उनीहरुले पाँच परिवारका गरी १३ जनालाई घरले च्यापिएको अवस्थामा उद्धार गरे । ‘कति त पुरिएर मरेका थिए’, निमबहादुरले भने, ‘लासहरुलाई त्यहीँ छोडेर बाँचेकाहरुलाई उद्धार गर्न लाग्यौं ।’ त्यसमा पनि बच्चा र महिलाहरुलाई प्रथामिकतामा राखेर उद्धार गरेको उनीहरुको भनाइ छ । त्यसबीचमा उनीहरुले ६ जना बच्चालाई घाइते अवस्थामा उद्धार गरे ।

उनीहरुका अनुसार माटोले बनेका प्रायः सबै घर भत्किएका थिए । ‘राति निदाएको बेला भएकाले धेरैजसो भाग्नै नपाएर घरभित्रै च्यापिएका रहेछन्’, उनले भने, ‘चिच्याएको आवाज सुन्दै ढुंगा, माटो काठहरु पन्छाएर उद्धारमा लागि रह्यौं । एकपछि अर्काे गर्दै उद्धार गरेपछि गाउँलेहरु सबै उद्धारमा लागे ।’

उद्धारमा खटिएका प्रकाशका अनुसार उद्धारमा ढिलाइ गरेको भए कतिपयको ज्यान जान सक्ने अवस्था थियो । ‘घरको भित्ताले थिचेको थियो’ उनले भने, ‘सास लिनमात्रै सक्ने गरी थिचिएका थिए । कतिको मुखभित्रै धुलो पसेर सास फेर्न समेत मुश्किल परेको थियो ।’ करिब एक घण्टाभित्रै भूकम्पपछि घरमा च्यापिएकाहरुलाई उद्धार गर्न सकेको प्रकाश बताउँछन् ।

जिउँदाहरुलाई उद्धारपछि उनीहरु भत्किएका घरभित्र रहेका शव निकाल्न लागे । तर त्यसअघि प्रहरीलाई खबर गरे । प्रकाश भन्छन्, ‘उनीहरुले हुन्छ मात्रै भने आएनन् ।’

गाउँमै भएको क्रसर उद्योगको डोजर प्रयोग गरेर रातभर शवहरु निकालेको प्रकाशले बताए । ‘पाँच बजेमात्रै प्रहरी गाउँमा आए, उनले भने, ‘त्यो बेलासम्म हामीले शव निकालिसकेका थियौं ।

शुक्रबार रातिको भूकम्पले रुकुम पश्चिममा सबैभन्दा क्षति पुगेको गाउँ हो, आठबिसकोट नगरपालिका वडा नम्बर १४ को छेपारे गाउँ । यो गाउँमामात्रै स्थानीय ५ जना र बाहिरका ६ जना गरी ११ जनाले ज्यान गुमाएका छन् भने २० भन्दा धेरै घाइते भएका छन् । यहाँका सबैजसो घर भत्किएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?