+
+
शरद भेषावकरको रिभ्यू :

नेपाल र ओमानको फाइनल- पैसा असुल म्याच

शरद भेषावकर शरद भेषावकर
२०८० कात्तिक १९ गते २१:०३

टी–२० विश्वकपमा नेपाल र ओमानबीचको फाइनल, फाइनल जस्तै भयो । क्लोज म्याच भयो, एकदमै रमाइलो भयो । पैसा असुल म्याच भन्छन् नि त्यस्तै भयो ।

मलाई लाग्छ, टिकट काटेर खेल हेर्न आउनु भएका सबैले इन्जोए गर्नुभयो जस्तो लाग्छ ।

खेलमा माहोल नै यस्तो बन्यो कि नतिजा जे भएपनि जसरी खेल भयो, दुवै टिमलाई क्रेडिट जान्छ ।

दुवै टिमले गजज्बको गेम खेले, एउटा ओभरले गर्दा मात्र गेम डिसाइड भयो । यस्तो गेम जता पनि जान सक्छ जस्तो लाग्छ ।

अनुभवी ओमान

फाइनलमा ओमानलाई हराएर समूह चरणमा बेहोरेको हारको बदला लिने र च्याम्पियन हुने अवसर थियो । गेम हार्दा चुके जस्तो त लाग्छ, तर मेरो विचारमा ओमानलाई क्रेडिट दिनुपर्छ । उनीहरुले आफ्नो अनुभवलाई दुबै खेलमा राम्ररी प्रयोग गरे ।

एउटा गेममा भएको भए फ्लुक हो पनि भन्न सकिन्थ्यो ।तर दुवै गेममा उनीहरुले जसरी नेपाललाई हराए, त्यसमा पनि आजको गेममा थोरै मार्जिन भए पनि नेपाललाई घरेलु मैदानमा हराउनु भनेको उनीहरुका लागि ठूलै उपलब्धि हो जस्तो लाग्छ ।

उनीहरुसँग वर्षौंको अनुभव भएका खेलाडीहरु छन्, त्यही अनुभवलाई प्रयोग गरेर नेपाली टिमलाई दबाबमै राख्न सफल भए ।

हामीले ब्याटिङ सुरु गर्दा १० ओभरमा ६० रन मात्र थियो । नेपालको स्कोर १८४ पुर्‍याउन रोहितकुमार पौडेल र गुल्सन झाले लोभलाग्दो इनिङ्स खेले । टी–२० मा हाम्रो टिमले त्यस्तो कमब्याक धेरै लामो समयपछि गरेको हो ।

इनिङ्स ब्रेकमा त नेपालले जित्छ भनेका थियौं । तर ओमानले अग्रेसिभ र पोजेटिभ क्रिकेट खेलेर हाम्रा बलरहरुलाई प्रेसरमा राखे । रिजल्ट जे भए पनि आजको गेमबाट एकदमै खुशी छु । खेल दुवैतिर ढल्किररहेको थियो, अन्तिमतिर कता जान्छ कता भइराथ्यो । एकदमै परपेक्ट टी–२० गेम जस्तो भयो ।

अन्तिम ओभरमा ओमानलाई ८ रन मात्र चाहिन्थ्यो र ४ विकेट बाँकी थियो । सन्दीप लामिछानेले त्यो रक्षा गर्दै गेम फेरि पुलब्याक गरे । सुपर ओभर भयो ।

अविनाशको त्यो ओभर

क्रिकेटमा जब केही कुराले काम गर्दैन, यसमा यसो गरेको भए हुन्यो, त्यसो गरेको भए हुन्थ्यो भनेर हामी विश्लेषण गरिहाल्छौं । तर कोच, कप्तान र म्यानेजमेन्टले कुनै पनि निर्णय लिँदा म जिताउनकै लागि केही हेरेर निर्णय लिएका हुन्छन् ।

अविनाश बोहोरालाई सुपर ओभरमा बलिङ दिनुको कारण उनले सधैं डेथ ओभरमा बलिङ गरिररहेका छन् । त्यसैले उनलाई बलिँ गराउने निर्णय गलत थिएन, तर आज त्यसले काम गरेन । यस्त हो कहिले काम गर्छ, कहिले काम गर्छ ।

यसमा कसैलाई दोष दिने होइन, यसबाट सिकेर अर्को प्रतियोगितामा कसरी राम्रो गर्ने भनेर सोच्नुपर्छ ।

गुल्सन र विवेकले देखाएको सम्भावना

यो प्रतियोगितामा हाम्रो प्रमुख टी–२० विश्वकप पुग्ने थियो, त्यसमा सफल भयौं । फाइनलमा अब सुपर ओभरमा म्याच डिसाइड भयो । त्यस्तो धेरै भन्न मिल्दैन ।

समग्रमा हेर्दा हामीले एकदमै राम्रो क्रिकेट खेलेको छौं । ब्याटिङ कुरा गर्दा लिग गेमहरुमा जसरी ओपनिङ पार्टनरसिपहरु भयो, त्यो एकदमै सकारात्मक छ ।

बलिङ युनिटले पनि राम्रो गर्‍यो । स्ट्याटहरु हेर्दा पनि विकेट लिने र रन बनाउनेमा नेपाली खेलाडीहरु अगाडि नै छन् । महत्वपूर्ण कुरा हो भने अब आउने गेमहरुमा महत्वपूर्ण र दबाबको समयमा हामीले कसरी एक्जुक्युसन गर्छौँ भन्ने कुरा काउन्ट गर्छ । यस्तै खेल्दै गएपछि राम्रो गर्दै जाने हो ।

त्यसैले म एकदमै सकरात्मक र उत्साहित छु । अर्को वर्ष टी-२० विश्वकप छ । ६–७ महिनाको तयारी गर्ने समय छ, त्यहाँ राम्रो छाप छाड्छ नेपालले भन्नेमा एमदमै आशावादी छु । किनकी अहिले हाम्रो टिममा कोर ग्रुप छ खेलाडीहरुको ।

भारत, अष्ट्रेलिया जस्तो ठूलो टिमहरुको कुरा गर्दा ७५ प्रतिशत जित उही खेलाडी नै हुन्छन् । फरक कन्डिसनमा खेल्न जाँदा त्यही अनुसारको प्लेअर चाहिएको बेला चेन्ज गर्ने हो । कोही लयमा नभएको बेला डोमेस्टिकको प्रदर्शन हेरेर टिममा ल्याउने हो । हाम्रो टिम हेर्दा पनि अहिले बेन्च स्ट्रेन्थ राम्रै छ ।

विवेक यादव फाइन्ड अफ टुर्नामेन्ट नै हो । उसले लिग गेममा ओमान विरुद्ध अलमस्ट गेम जिताइसकेको थियो । यसले उनीसँग कति क्षमता छ भन्ने देखाएको छ । उ एकदमै क्षमता भएका इमर्जिङ प्लेअर हुन्, उनलाई शुभकामना छ ।

अर्का खेलाडी हुन् गुल्सन झा । अर्ली स्टेजमै छ उनको करियरमा । ५० ओभरको खेलमा महत्वपूर्ण इनिङ्सहरु खेलेर देखाए पनि टी–२० मा धेरै म्याच खेलेका थिएनन् ।

तर उनले चाहिने बेला एकदमै राम्रो खेलेर क्लिक गरिरहेका हुन् । यसअर्थमा गुल्सन झा स्पेशल ट्यालेन्ट हुन् । उनी नेपालका लागि टप अलराउण्डर हुनसक्छन् । उनलाई अझ ग्रुम गर्ने र इन्जुरी फ्री राखेर राम्रो खेलाडी कसरी बनाउने भन्ने सोच्नुपर्छ । नेपाली क्रिकेट टिमलाई शुभकामना ।

लेखकको बारेमा
शरद भेषावकर

शरद नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?