+
+

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै १ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १५:१६

२१ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ ।

कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १ अर्ब नजिक पुगेको छ । सोमबार कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ९९ करोड ६५ लाख रुपैयाँको भयो ।

यस दिन निर्जीवन बीमाबाहेकका सबै उपसमूहका सूचक बढे । सो उपसमूह भने १७ अंक घट्यो । प्रतिशतका आधारमा लगानी उपसमूह सबैभन्दा धेरै १.५१ प्रतिशतले बढ्यो । बैंकिङ २, विकास बैंक १५, फाइनान्स १९, होटल तथा पर्यटन ४०, जलविद्युत् ७, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ४७, लघुवित्त २१, अन्य १८ र ब्यापार उपसमूह २० अंक बढे ।

यी हुन् मूल्य धेरै बढेका र घटेका कम्पनी

यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । यसअघि सोमबार यही कम्पनीको मूल्य ४.२ प्रतिशतले घटेको थियो । त्यस्तै सोनापुर सिमेन्टको ५.२, सिटिजन लाइफ इन्स्योरेन्सको ५, मल्टिपर्पोज फाइनान्सको ४.६ र इङ्वा हाइड्रोपावरको मूल्य ४.४ प्रतिशत बढ्यो ।

स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत घटेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९९, बाराही हाइड्रोपावरको ३.१९, बलेफी हाइड्रोपावरको ३ र मेन्छियाम हाइड्रोपावरको २.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन बैंक संस्थापक, माछापुच्छ्रे बैंक, सोनापुर सिमेन्ट, सानिमा जनरल इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?